कुवेतमा एक नेपालीलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ३ : ४४


काठमाडौँ । कुवेतमा एक नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

बुधबार २८ जना संक्रमित पहिचान भएको मध्ये एक जना नेपाली कामदारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार संक्रमित नेपालीको स्वास्थ्य अवस्था स्थिर छ।

कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्