एसियाको सबैभन्दा ठूलो झुपडीबस्तीमा देखियो कोरोना: एकजनाको मृत्यु, जहाँ १५ लाख मानिस बस्छ्न

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ३ : ३३


नयाँदिल्ली : एसियाकै सबैभन्दा ठूलो स्लम मानिने मुम्बईको धारावीमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ। कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएका उनको बुधबार साझ मृत्यु भएको हो। 

यो बस्तीमा करिव १५ लाख मानिसहरु झुपडीमा बस्छ्न । यो बाक्लो बस्तीका एकजना ५६ बर्षका नागरिकको मृत्यु पछि चुनौती बढेर गएको छ। 

उनको घरका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने उक्त घरलाई पनि सिल गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्