पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ।
एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो।
उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो।
उहाँका ११ कृति प्रकाशित छन्।
हाल उहाँले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुभयो।
उहाँको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो। उहाँका छ छोरी हुनुहुन्छ।