कोरोनाको महामारीमा पाहुनाको स्वागत कसरी गर्ने ? अमिताभ बच्चनले शेयर गरे भिडियो

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ३९


कोरोना भाइरसको महामारीका कारण विश्व त्रसित छ । हरेक देशले कोरोना भाइरसविरुद्ध लड्नका लागि हरप्रयास गरेका छन्। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट तथा हिँड्डुल पनि बन्द गरिएको छ। 

कोरोना भाइरसको महामारी फैलिरहेका बेला मानिसहरुले यस बारेमा विभिन्न कमेडी तथा जोक्स सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। यसै क्रममा बलिउड अभिनेता अमिताभ बच्चनले पनि सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्। उनले सार्वजनिक गरेको फन्नी भिडियोका कारण अहिले उनको चर्चा भएको छ।  

एउटा घरमा पाहुनाका लागि एक युवती बाहिरबाट आइरहेको भिडियोमा देख्न सकिन्छ। त्यसपछि घरका एक सदस्यले लठ्ठीको सहयोगले उनको झोला उनको हातबाट लिएको देखिएको छ। त्यसपछि युवतीमाथि साबुन पानी र स्यानिटाइजर लगाएर ब्रसले सफा गरेको देख्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस्