अमेरिकी युवकले लुकाए कोरोना भाइरसको लक्षण, गर्भवती पत्नी पनि संक्रमित

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : १९


एक युवकले कोरोना भाइरसको लक्षण देखिएको कुरा लुकाउँदा गर्भवती पत्नी पनि त्यसको शिकार बनेकी छिन्। डेलिभरीका लागि पत्नी अस्पतालमा भर्ना भएकी थिइन्। त्यो बेला उनका पति उनलाई भेटन अस्पताल पुगेका थिए। 

यो घटना अमेरिकाको न्यूर्योकस्थित एक अस्पतालको हो। गत हप्ता डेलिभरीका लागि एक महिला अस्पताल भर्ना भएकी थिइन्। डेलिभरीपछि ती महिलाको स्वास्थ्य जाँच गर्दा उनका कोरोना भाइरसको संक्रमण भेटिएको युएसएटुडे डटकमले जनाएको छ। 

पत्नीलाई कोरोना भाइरसको लक्षण भेटिएपछि पतिले आफै आफ्नो गल्तीका बारेमा जानकारी दिएका थिए। अस्पतालका एक अधिकारीका अनुसार बच्चा जन्मिएको केही समयपछि ती महिलामा कोरोना भाइरसको लक्षण भेटिएको थियो। यसै क्रममा पतिले पति आफ्नो शरीरमा पनि त्यस्तो लक्षण देखिएको बताएका थिए। पछि परीक्षणका क्रममा दुबैमा कोरोान भाइरसको संक्रमणको पुष्टी भयो। 

अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमति रहेका छन्। 


प्रतिक्रिया दिनुहोस्