ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी जफत

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : १४


काठमाडौँ । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस(कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।

विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभएकाे छ ।  पहिलो खेपमा ल्याउने भनेअनुसारको सामान ल्याउन नसकेपछि भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भएकाे उहाँले जानकारी दिनुभएकाे छ ।

यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले यो प्रस्ताव रद्द गरेको बताउँदै उहाँले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र बढीमा पाँच दिन भित्र सबै सामान ल्याउने सर्तमा नयाँ सम्झौता हुने जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्