काठमाडौं । नेत्र वक्रम चन्द विप्लव नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले सङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा भ्रष्टाचार र कालोबजारी गर्नेहरूलाई पनि कारबाही गर्ने विप्लव नेकपाले चेतावनी दिएको छ।
नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन्।