कनिकाको पाँचौं रिपोर्ट पनि कोरोना पोजेटिभ

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ०९


काठमाडौँ । बलिउड गायिक कनिका कपुरको को कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ । लखनउमा रहँदा नै कोरोना संक्रमित बनेकी कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा उसलाई थप परीक्षण गराउने गरिँदैन । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

तर, सामाजिक सञ्जालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुपर्ने कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उनले खानेकुरा पनि खाइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्