सिनह्वा । चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।
चीनमा यसअघि हुवई प्रान्तमा मात्र भाइरस फैलिएको थियो। सबैभन्दा बढि वुहान शहर प्रभावित बन्यो। त्यहाँ लकडाउनको घोषणा गरेर चीनले भाइरस नियन्त्रणमा लिएको थियो।
तर, पछिल्लो समय विदेशबाट गएकाहरुमा देशका अन्य प्रान्तहरुमा समेत भाइरसका घटना फेला पर्न थालेका हुन।
एउटा प्रान्तमा मात्रै हुँदा भाइरस विरुद्ध लड्न सजिलो भएपनि अब अन्य प्रान्तमा संक्रमणका घटना बढ्न थालेपछि विज्ञहरुले चिन्ता प्रकट गरेका छन्।
हुवेई प्रान्तमै फैलिएको कोरोना विरुद्ध लड्न चिनलाई निकै सकस भएको छ।
मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका संकमितहरु रहेको समाचारमा जनाइएको छ।
उनीमध्ये केही चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ।
यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ।
मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तका छन् भने एक जना शाघाईका रहेका छन्।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ।
पछिल्लो विवरणअनुसार संसारभर आठ लाख ६० हजार १७८ जना कोरोनाबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।