२६४ यात्रुसहित अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्सको विमान, इतिहासकै पहिलो उडान

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ५८


काठमाडौँ । आज बुधबार २६४ यात्रुसहित सहित नेपाल एयरलाइन्सको विमान अस्ट्रेलिया उड्दैछ। 

बुधबार साँझ साढे ५ बजे २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलियाको बृस्बेन उड्न लागेको हो। 

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो। इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म नेपाल एयरलाइन्सको विमान सिधा उडान हुन लागेको हो। 

चीनको वाइडबडी जहाज बिहिवार भने चीनको ग्वाङ्झाउ जाँदैछ। नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्