कोरोनाका कारण थाइल्याण्डमा दुई हजार हात्तीको ज्यान संकटमा

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३४


थाइल्याण्ड । विश्वका २०२ देशमा फैलिएको कोरोना भाइरसका कारण विश्व त्रसित बनेको छ। कोरोना भाइरसको प्रभाव मानिसदेखि लिएर अर्थतन्त्रसम्म परेको छ। 

कोरोनाको प्रभाव मानिसमा मात्रै हैन जनावरमा पनि देखिएको छ। थाइल्याण्डम पर्यटन क्षेत्रमा काम गर्ने करिब दुई हजार हात्तीको जीवन संकटमा परेको छ। 

यात्रा प्रतिबन्धका कारण पर्यटक त्यहाँ नपुग्दा मालिकलाई हात्तीको खान पिनमा नै समस्या हुन थालेको छ। पर्याप्त खानाको कमीका कारण यी हात्तीको स्वास्थ्य खराब हुँदै जानुका साथै भोकभोकै मर्ने स्थितीमा पुगेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

थाइल्याण्डमा कोरोना भाइरसको प्रकोप तीब्र रुपमा अगाडि बढेको छ। थाइल्याण्डको सरकारले बुधबार १२० नयाँ कोरोना संक्रमित र दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस्