चुनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा फैलिएको छ। यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट विश्वभर ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ भने ८ लाख ५९ हजार ४३१ जना संक्रमित भएका छन्।
कोरोनाबाट सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ भने केही देशमा कोरोनाको उद्गमस्थल मानिने चीनभन्दा बढीको मृत्यु भएको छ। कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटाली रहेको छ भने संक्रमितको संख्या अमेरिका रहेको छ।
इटालीमा अहिलेसम्म १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार ७९२ जना संक्रमति रहेका छन्। इटलीपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु स्पेनमा भएको छ। स्पेनमा अहिलेसम्म कोरोनाबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ भने ९५ हजार ९२३ जना संक्रमित रहेका छन्।
इटली र स्पेनपछि अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा अहिलेसम्म कोरोनाबाट ४ हजार ५३ जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ५३० जना संक्रमित रहेका छन्।
त्यस्तै चीनभन्दा धेरैको मृत्यु हुने देशको चौथो नम्बरमा फ्रान्स रहेको छ। फ्रान्समा अहिलेसम्म ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ भने ५२ हजार १ सय २८ जना संक्रमित रहेका छन्।
चीनमा पछिल्लो समय कोरोनाको संक्रमण मत्थर बन्दै गएको छ। चीनमा कोरोनाबाट अहिलेसम्म ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने ८१ हजार ५ सय १८ जना संक्रमित रहेका छन्।