कोरोनाभाइरसका कारण अमेरिकी जाज संगीतकार रुनीको निधन

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ५९


काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मृत्यु भएको छ। उपचारका क्रममा मंगलबार उनको न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सीएनएनले जनाएको छ। 

५९ वर्षीय रुनीको निधनको पुष्टि गर्दै उनकी प्रचारक लिडिया लिब्म्यानले भनेकी छिन्, ‘कोरोना भाइरसको संक्रमणबाट प्रसिद्ध ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार निधन भएको खबर सुनाउनुपर्दा म एकदमै दुखी छु।’ रुनी गत बुधबार अस्पताल भर्ना भएका थिए।

रुनीको निधनमा शोक व्यक्त गर्दै अमेरिकी जाज संगीतकार माइल्स डेभिसले रुनी विश्वभरका जाज समुदायका लागि प्रेरणाको स्रोत रहेको र उनको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्।

रुनीले सन् १९९५ मा ग्रामी अवार्डसमेत प्राप्त गरेका थिए। ४० वर्षको सांगीतिक करियरमा उनले २० भन्दा बढी एल्बम निकालेका छन्। उनको पछिल्लो सांगीतिक एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ हो।


प्रतिक्रिया दिनुहोस्