नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ। भारतमा कोरोनाको गति दोब्बरले बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सबैभन्दा बढी संक्रमण दिल्लीमा देखिएको छ। मंगलबार मात्रै भारतमा ३१५ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा संक्रमितको संख्या ३ सय माथि पुगेको यो पहिलो पटक हो। एक दिनमा कोरोना भाइरसको संक्रमणको गति दोब्बरले बढेको हो। सोमबारभन्दा मंगलबार भारतमा कोरोना भाइरसका संक्रमित दोब्बरले वृद्धि भएका हुन्।
अहिलेसम्म भारतमा १४०० बढी संक्रमित फेला परेका छन्। तथ्यांकको कुरा गर्दा भारतमा तीन दिनमा ६२६ जना कोरोनाका संक्रमित थपिएका छन्। भारतमा कोरोान भाइरसबाट सबैभन्दा बढी प्रभाव दिल्ली, महाराष्ट्र, केरला, तमिलनाडुमा परेको छ।