स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुग्यो

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ४५


बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ। योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ। 

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका ३ जनाको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको त्यहाँका नेपाली समाजका अगुवाहरुले जनाएका छन्। यसअघि ४ जनामा संक्रमण देखिएको थियो। २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाको आईसोलेसनमा राखिएको बताइएको छ। 

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ। चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन्। 


प्रतिक्रिया दिनुहोस्