परराष्ट्रमन्त्री ज्ञवालीका कुरा सुनेर डा. बाबुराम किन भए लज्जित ?

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ३३


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका कुरा सुनेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लाज लागेको छ । यो कुरा डा. भट्टराईले आफै ट्वीट गरेर लेख्नुभएको छ ।

डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै लेख्नुभएको छ, ‘कान्तिपुर टिभीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कुरा सुनेर लज्जित तुल्यायो । स्वदेश फर्कन लागेका आफ्ना नागरिकलाई भारतसँग गुहारेर सीमापारि नै राखिएको रे । यस्तो हुतिहारा कुरा गर्न एउटा सार्वभौम राज्यले मिल्छ ? कमसेकम सीमावारि ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न ? राष्ट्रवादको धोंती कता ?’
 


प्रतिक्रिया दिनुहोस्