उत्तर कोरियामा कैदीको शवलाई मल बनाएर गरिन्छ खेती, फरार कैदीको दाबी

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ०८


उत्तर कोरियाका बारेमा एक सनसनीपूर्ण खबर सार्वजनिक भएको छ। उत्तर कोरियामा कैदीको शवलाई मल बनाएर त्यसमा सेनाका लागि अन्न उब्जाउने गरेको बताइएको छ। 

उत्तर कोरियाका एक फरार कैदीले यस्तो दाबी गरेको डेली मेलले जानकारी दिएको छ। डेली मेलको खबर अनुसार उत्तर कोरियाको केचियाँन क्याम्पमा बन्द एक पूर्व महिला कैदी किम इल सूनले भनेकी छिन्, केचियाँन क्याम्प एक कन्सेन्ट्रेशन क्याम्प हो। यो क्याम्प उत्तर कोरियाको राजधानी प्योङयाङदेखि उत्तरमा अवस्थित छ। यहाँ कैदीलाई जुन यातना दिने गरिन्छ, त्यो अन्य कुनै ठाउँमा दिइदैन्। 

किम इल सूनले भनिन्, पहाडी क्षेत्रमा अन्न उब्जाउ हुँदैन् थियो, त्यसैले केहीले यो सल्लाह दिए की, मारिएका कैदीको शवलाई मल बनाएर राख्दा उब्जाउ हुन्छ। त्यो बेला देखि यो परम्परा सुरु भएको हो। यसरी अन्नको उब्जनी राम्रो हुन थालेपछि कैदीलाई मारेरै उनको शवलाई मल बनाएर खेती गर्न थालियो।  


प्रतिक्रिया दिनुहोस्