भारतकी प्रख्यात गायिका लता मङ्गेशकरद्वारा राहत कोषमा २५ लाख जम्मा

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : २१


भारत । भारतकी प्रख्यात गायिका लता मङ्गेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ । कोरोना भाइरसबिरुद्धको लडाइँमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ ।

सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पुराउने घोषणा गर्नुभएको थियो । यसैगरी बलिउड क्षेत्रका अक्षयकुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, बरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग पुराउने घोषणा गरिसकेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गर्नुभएको छ । भारतमा यस सङ्क्रमणबाट ४१ जनाको ज्यान जानुको साथै १ हजार ४ सय २९ सङ्क्रमित रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस्