भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ३१


काठमाडाैं । भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको हो ।

यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ । अहिलेसम्म उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लकडाउन गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्