पाटन अस्पतालमा मृत्यु भएकाकाे पनि रिपोर्ट आयो

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३६


काठमाडौं । काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका पुरूषमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको बताएकाे हाे ।

आइसियुमा उपचारका क्रममा मृत्यु भएका उनको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनी आइतबार अस्पताल भर्ना भएका थिए । धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए ।

उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनुभएकाे छ । उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएकोअस्पतालले बताएकाे छ ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताइएकाे छ । मंगलबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएका थिए । यता वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा पनि कोरोना भाइरस संक्रमण नभएको पुष्टि भइसकेकाे छ ।

चन्द्रागिरी नगपालिका १५ की ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो। तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्