भक्तपुरको सूर्यविनायकमा ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ३४


भक्तपुर । भक्तपुरको सूर्यविनायक ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ।

मंगलबार बिहान लकडाउनका बेला ड्युटीमा रहेका प्रहरी हवल्दार केशरसिंह रावतमाथि चक्कु प्रहार भएको हो। सुदिप क्षेत्री नाम गरेका एक युवकले हवल्दार सिंह रावतमाथि चक्कु प्रहार गरेका हुन्।

मंगलबार बिहान चक्कुसहित सूर्यबिनायक चोकमा पुगेका क्षेत्रीले हल्ला गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा क्षेत्रीले आफूसँग रहेको चक्कु प्रहरीमाथि प्रहार गरेका थिए। क्षेत्रीले प्रहार गरेको चक्कु रावतको गालामा लागेको जनाइएको छ। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्