खुशीको खबर : भारतमा कोरोना संक्रमित १ सय ४० जना निको भएर घर फर्के

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ३१


एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड– १९)को प्रभाव दिनहुँ बढिरहेको छ । यद्यपि खुशीको खबर यो छ कि कोरोना भाइरस संक्रमित १ सय ४० जना उपचारपछि स्वस्थ भइसकेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरुको संख्या ३९ पुगेकोछ । हालसम्म पूरै भारतवर्षमा १ हजार ३ सय २९ जना कोरोना संक्रमित भेटिएका छन् । 

कोरोना भाइरसबाट सबभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा आजसम्म २ सय १६ कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमध्ये १० जनाले ज्यान गुमाउनु परेको छ । महाराष्ट्रका साथै केरल, उत्तर प्रदेश, दिल्लीसहित २० भन्दा बढी राज्यमा कोरोनाले प्रभाव जमाउँदै लगेकोछ । 
 


प्रतिक्रिया दिनुहोस्