आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ०३


मिति २०७६ साल चैत्र १८ गते गते मंगलबार । ईश्वी सन् २०२० मार्च ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ। 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  भौतिक सम्पतीको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने खानेकुराको व्यावसायबाट केही मात्रामा नाँफा कमाउँन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्राहरु स्थगित हुनेछन् । आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा लगानी  गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । आफन्त तथा मावलीको साथ पाईने हुनाले दैनिकी थप सजह हुनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउँने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउँला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस्