लकडाउन प्रभाव : भारतमा खोजियो सुपरहिरो ‘शक्तिमान’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ४२


काठमाडौ । भारतमा लकडाउनले टेलिभिजन प्रोग्रामलाई भरपुर रुपमा प्रभाव पारेको देखिएको छ। जनताको मागलाई ध्यानमा राख्दै महाभारत र रामायण धारावाहिक सुरु गरिसकिएको छ । यसले मानिसलाई घरभित्र रहिरहन ठुलो मद्दत गरेको छ। 

यो बेलामा भारतीयहरुले सबैभन्दा बढी यादगरेको टेलिफिल्म चाहिँ शक्तिमान हो । किनभने आठ वर्ष चलेको यो शो , भारतमा सबैभन्दा पपुलर शो मानिन्छ भने शक्तिमानलाई भारतको पहिलो शुपरहिरो ।

एक ट्विटगर्दै मुकेश खन्नाले शक्तिमानको पुनरागमनको पुष्ठि गरेका छ्न । कहिले र कति समयमा यो शो सुरुगरिने भन्ने कुरा चाहिँ अझैसम्म खुलाइएको छैन।

 


प्रतिक्रिया दिनुहोस्