भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित हनुमन्ते करिडोर किनारमा विभत्स अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुल निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार शव महिला वा पुरुष छुट्टिने अवस्थामा छैन। स्थानीयले दिएको खबरपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थलमा सुरुवाल पनि रहेका कारण महिलाको शव हुनसक्ने आशंका गरिएपछि शव कस्को हो भन्ने प्रष्ट नभइसकेको प्रहरीले जनाएको छ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।