प्रदेश पाँच सरकारले यी तीन ठाउँमा बनाउँदैछ कोरोना परीक्षण प्रयोगशाला

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  २ : ०६


काठमाडौं । प्रदेश नम्बर पाँच सरकारले तीन स्थानमा कोरोना भाइरस (कोभिड– १९) को लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

पाँच नम्बर प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । तीनवटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

हालैमात्र केन्द्र सरकारले चीनबाट ल्याएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए÷नभएको जाँच गर्ने ५ वटामध्ये १ मेसिन प्रदेश ५ लाई दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्