राजधानीमा तीन जनाको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयद्वारा जनाकारी

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : १७


काठमाडौं । कोरोनाको आशंकामा अस्पताल भर्ना भएका राजधानीमा तीन जनाको मृत्यु भएको छ।

सोमबार तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो।

प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय पुरुष नागरिकको मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस्