भारतमा बाहिरबाट आएकामाथि कीटाणुनाशक औषधी छर्किदै, अनि मात्रै घर

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : २८


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संकटका बीच लकडाउन आदेश जारी गरिएको छ।

देशभर कलकारखाना तथा उद्योगधन्दा बन्द हुँदा मजदुरहरु विचल्लीमा परेका छन्।

यस्तो अवस्थामा राजधानी दिल्ली लगायतका सहरहरु छाडेर मजदुरहरु हिँडेरै गाँउ जान थालेका छन्।

यसैबीच, उत्तर प्रदेशको बरेलीमा बाहिरबाट आइपुगेकाहरुमाथि किटनाशक औषधी छर्किएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

स्थानीय प्रशासनको आदेशमा उक्त कार्य गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

बाहिरबाट आएका मजदुर, वृद्धवृद्धा तथा बालबच्चा माथि समेत किटनाशक औषधी छर्किएको हो।


प्रतिक्रिया दिनुहोस्