काेराेनाकाे आशंकामा वीर अस्पतालमा उपचाररत अर्का बिरामीको मृत्यु

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : १९


काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएका ५० वर्षीया बिरामीको मृत्यु भएको छ।

उनलाई सोमबार कालिमाटीबाट ज्वरो आएर सास फेर्न निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्ड भर्ना गरिएको थियो।

उनको नमुना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ।

ति बिरामी  पुरूष नेपाली हुन कि भारतीय हुन भन्ने पत्ता नलागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्