१५ कैदी कैद किनेर छुटे

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ४२


चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् ।

त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा निवेदन दिएका छन् ।

अन्यले पनि घरपरिवारसँग सल्लाह गरिरहेको उहाँले जानकारी दिनुभयो । दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७२७ कैदीबन्दी छन् । जसमध्ये ५६ महिला, ६७१ पुरुष र तीन आश्रित बालबालिका छन् ।


प्रतिक्रिया दिनुहोस्