ह्यारी र मेघनले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नु : ट्रम्प

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : २३


वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताउनु भएको छ। 

राष्ट्रपति ट्रम्पले ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गर्नु भएको हो । 

उहाँले ट्वीटमा भन्नुभएको छ, “म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ। बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो। अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन। उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन् ।”

यसैबर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गर्नु भएको थियो।

राजदरबार परित्याग गर्ने बेलामा उहाँहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताउनु भएको थियो।


प्रतिक्रिया दिनुहोस्