कोरोना महामारी : कहाँ चुक्यो इटली, यति धेरे मृत्यु किन ?

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ४०


गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा कोरोना भाइरसको पहिलो संक्रमणको घटना फेला परेको थियो। त्यसको केही हप्तामा यो भाइरस संसारको लगभग सबै देशहरुमा पुगेको छ।

लाखौं मानिस संक्रमित छन् र हजारौं मरेका छन्।

पृथ्वीको प्रायः सबै भाग यो संक्रमण बाट प्रभावित भएको छ। तथ्यांकको कुरा गर्ने हो भने विश्वव्यापीरुपमा ७ लाख भन्दा बढी मानिसहरू यसको सिकारमा छन्।

अहिलेसम्म मर्नेको संख्या ३३ हजार नाघिसक्यो।

यद्यपि एक लाख भन्दा बढी संक्रमितहरु निको भएर घर फर्केका छन्। अहिले सबैभन्दा बढी संक्रमितहरू अमेरिकामा रहे पनि मृत्यु सबैभन्दा बढी इटालीमा भइरहेको छ।

इटालीमा संक्रमणको प्रकोप भएदेखि अहिलेसम्म १० हजार भन्दा बढी मानिसको ज्यान गसक्यो।

इटालीले संक्रमण फैलावट रोक्न धेरै कडा कदमहरू चालेको छ, तैपनि त्यहाँ दैनिक ८/९ सय जनाको मृत्यु हुन्छ।

संक्रमण फैलिएपछि देशभर लकडाउन आदेश गरिएको थियो। मानिसहरुलाई घर भित्रै बस्न भनिएको छ। अत्यावश्यक सेवा बाहेक सबै पसल बन्द छन्। सडकहरु सुनसान छन् भने अत्यवश्यक कुराहरुका लागि मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन्।

इटालीमा प्रतिबन्ध लगेको छैठौं हप्ता भइसकेको छ। यस्तो अवस्थामा भाइरस नियन्त्रण हुनुपर्ने हो। तर,अहिले पनि अन्य देशहरुभन्दा मर्नेको संख्या त्यहाँ धेरै भएपछि अब प्रश्न उठ्न थालेका छन्।

विज्ञहरूका अनुसार यसका लागि केही कुरा जिम्मेवार छैन। त्यहाँ मान्छे मर्नुको सबैभन्दा ठूलो कारण यो छ कि देशको ठूलो जनसंख्या वृद्ध  छन्। जापान पछि इटालीमा वृद्धको जनसंख्या सबैभन्दा बढी छ।

कोरोना भाइरस बारेमा अहिलेसम्म स्पष्ट रूपमा थाहा भएको कुरा भनेको यसले वृद्धहरुलाई सबैभन्दा बढी प्रभावित गर्दछ।

अर्को कारण त्यहाँ परीक्षणको लागी अपनाईएको प्रक्रियालाई पनि लिइएको छ। जसको कारण यो थाहा हुन सकेको छैन कि त्यहाँ देशभर कति जना व्यक्ति संक्रमित छन।

तोडमोड संख्या

मिलानको अस्पतालमा कार्यरत डा मसिमो गल्लीका अनुसार इटालीमा अहिलेसम्म संक्रमित पुस्टि गरिएप्को संख्याले त्यहाँको वास्तविकत संक्रमितको संख्यालाई प्रतिनिधत्व गर्दैन्।

उनका अनुसार त्यहाँ ठुलो संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन्।

अधिकारीहरुले उच्च संक्रमण रहेका व्यक्तिहरुलाई मात्र संक्रमण पुस्टि भएको भनेर भन्ने गरिएको छ।

संक्रमणको स्तर उच्च रहेकालाई मात्र टेस्ट गरेर अस्पताल राखिने तथा सामान्य संक्रमणको अवस्थालाई नजरअन्दाज गरिने गरिएको छ।

यस कारण पनि इटलीमा दैनिकरुपमा मृत्युको तथ्यांक बढ्दो छ।

इटलीको लोम्बार्डी प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। त्यहाँ प्रति दिन पाँच हजार भन्दा बढी स्वाब टेस्टहरू गरिएका छन्।

उनी भन्छन्, 'अहिल्यै गरेको परीक्षण बढी गर्नु आवश्यक छ किनकि हजारौं मानिसहरू घरमा उपचारका लागि पर्खिरहेका छन्।'

यस बाहेक, कोरोना भाइरसको उपचारमा संलग्न व्यक्ति र स्वास्थ्यकर्मीहरूको पनि सुरक्षा तथा उपकरणहरूको पनि अभाव छ। त्यहाँ ५० भन्दा बढि चिकित्सकको मृत्यु भइसकेको छ।
यो कुरा अन्य देशहरूका लागि पनि चेतावनी हो।

स्वास्थ्य विज्ञका अनुसार महामारीपछि अस्पतालहरु चमत्कारिक ढंगले थपिएको छ तर, त्यहाँ औषधीजन्य वस्तुको अभाव छ।

इटालीको सरकारी स्वास्थ्य संस्थानका अनुसार हालसम्म मरेका व्यक्तिहरूको औसत उमेर ७८ बर्ष छ।

त्यहाँको सार्वजनिक स्वास्थ्य प्रणालीले थुप्रै वृद्ध व्यक्तिहरूलाई चिकित्सा सेवाहरू प्रदान गरेर बचाउन सफल पनि भएको छ।

एकातिर मृत्युको दर निरन्तर बढ्दै गइरहे पनि त्यहाँ केहि आशा जगाउने घटनाहरू बाहिर आएका छन्।

इटालीकै १०२ बर्षे ग्रोनाडोना कोरोना भाइरसबाट निको भई फर्किसकेकी छन्। उनी बीस दिनसम्म अस्पतालमा थिइन।

डाक्टरहरूले उनलाई र उनका भतिजालाई देशको उत्तरी भागमा रहेको शहर, जेनेभामा उपचार गरेका थिए। त्यस पछि अहिले दुवै निको भएर घर फर्किएका छन्।

प्रतिबन्धको गम्भिरता

केही विज्ञहरू विश्वास गर्छन् कि इटालीले कोरोना भाइरस रोकथामका लागाएको प्रतिबन्ध निकै कडा छ।

चीनको वुहान शहर पहिलो क्षेत्र हो जहाँ लकडाउन गरिएको थियो। वुहान शहर जनवरी महिनामा बन्द थियो। त्यहाँ उडानहरू प्रतिबन्धित थिए। रेलहरू बन्द गरिए, बसहरू तथा सबै राजमार्ग सीमाना बन्द गरिए।

इटालीमा सरकारले जर्बजस्ती रुपमा एउटा आदेश जारी गर्दै घर छोड्नेलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउन अधिकारीहरुलाई निर्देशन दिएको छ।

इटालीको सबैभन्दा कोरोना प्रभावित क्षेत्र लोम्बार्डीका नागरिकहरू घरबाहिर अत्यावश्यक सामान किन्ने अधिकारबाट समेत वञ्चित हुँदै गएका छन्।

भर्खरै घोषणा गरिएका नयाँ नियमहरू अनुसार अप्रिल १५ सम्ममा कोही पनि घर बाहिर हिडडुल गर्न नपाउने आदेश जारी गरिएको छ।

यदि कसैले जमघट गर्छ भने उसलाई ५ हजार युरो जरिवाना हुने छ।

यदि कसैसँग दुईवटा घरहरू छ भने उसलाई उसको मुख्य घरमा बस्न मात्र दिइनेछ। अर्को घरतर्फ जान पाइनेछैन।

सबै होटल र फर्म घरहरू सहित पर्यटन स्थलहरु बन्द गरिएको छ। 

यस बाहेक एक परिवारबाट एक व्यक्ति मात्रै पसलमा जान अनुमति दिइएको छ।

धेरैले सरकारी प्रतिबन्धहरूको आलोचना गर्ने गरेका छन।

अधिकारीहरु भने संवैधानिक अधिकारहरु हटाउन बाध्यता भएको बताउँछन्।

इटालीमा जसरी मृत्युको संख्या बढ्दै गइरहेको सरकारले अहिले ओदश गरेका प्रतिबन्धहरूलाई अझै कडा बनाउने देखिन्छ।
 

 


प्रतिक्रिया दिनुहोस्