स्याङ्जा । गत चैत ६ गते दुबईको शारजहा हुँदै एयर अरेबियाको विमानबाट नेपाल आएका स्याङ्जाका एक व्यक्तिमा रुघाखोकी र उच्च ज्वरोको समस्या देखिएको छ।
अहिले स्याङ्जाको फेदीखोला क्वारेन्टाइनमा बसेका फेदीखोला गाउँपालिकाका–४० वर्षीय ती व्यक्तिको स्वाब परीक्षणका लागि सोमबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु ल्याइएको छर
उनी चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट काठमाडौँ आएका थिए। काठमाडौँ आइसकेपछि आफ्नो घर अर्थात फेदीखोला पुगेका ती व्यक्ति ३ दिन अघिदेखि क्वारेन्टाइनमा बस्दै आएका छन्। उनी आएको विमानमा १ सय ७० जना यात्रु सवार थिए।
रुघाखोकी र उच्च ज्वरोको लक्षण देखिएपछि उनको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएको फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिनुभयो।