काठमाडौँ । लकडाउनको सबैभन्दा असर दैनिक ज्याला मजदूरी गरेर जिविको पार्जन गर्ने नागरिकमा परेको छ। सरकारले पनि यस्तो अवस्थामा मजदूरहरुका केही खाद्यान्न सहयोगको घोषणा गरेको छ। यसै क्रममा नेपाली अभिनेत्री वर्षा शिवाकोटीले पनि मजदूरका लागि राहतको घोषणा गरेकी छिन्।
अभिनेत्री शिवाकोटीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उक्त राहको घोषणा गरेकी हुन्। उनले रातहस्वरुप एक लाख रुपैयाँ दिने बताएकी छिन्।
उनले भनेकी छिन्, ‘पैसाले आफै सामान किनेर मजदूर दाजुभाइ तथा दिदीबहिनीमा दिने इच्छा थियो तर सरकारले घरमै बसेर सुरक्षित रहन आग्रह सहित गरेको लकडाउनका कारण प्रधानमन्त्री राहात कोष मार्फत यो रकम दिन लागेकी छु।’
हेर्नुहोस् भिडियो