काठमाडाैं । कोरोना आशंकामा भर्ना गरिएका एकजना बिरामीको पाटन अस्पताल मृत्यु भएको खबर प्राप्त भएकाे छ। भारतबाट फागुन १४ गते आएका ३६ वर्षका ती बिरामीकाे सोमबार आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको बताइएकाे छ ।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ। ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो ।
१६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं ल्याइएको थियो। उनको परिक्षणको रिपोर्ट आउन बाँकी रहेकाे बताइएकाे छ ।