नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएपछि बिरामीको मृत्यु

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ००


काठमाडाैं । कोरोनासँग लक्षण मिलेको भन्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेर फिर्ता पठाएका बारा कलैयाका २५ वर्षीय विजय कुशवाहको मृत्यु भएको छ ।

नेशनलले भर्ना गर्न नमानेपछि आफन्तले उपचारका लागि काठमाण्डु लाँदै गर्दै कुशवाहको बाटैमा मृत्यु भएको हो ।

कुशवाहलाई काठमाण्डुको त्रिवि शिक्षण अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नेशनलले उपचार नहुने भन्दै टेकु अस्पताल लैजान भनेको थियो ।


प्रतिक्रिया दिनुहोस्