ग्यासको सिलिण्डर बोकाएर बसाएको घटनाबारे प्रहरीले मुख खोल्यो

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५२


काठमाडौँ । लकडाउन उलङ्घन गर्ने व्यक्तिलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। उक्त आलोचनापछि प्रहरीले उक्त घटनाका बारेमा सत्यतथ्य छानबिन गर्ने बताएको छ। 

आफ्नो आधिकारीक फेसबुक तथा ट्वीट अकाउन्टबाट उक्त घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिदै प्रहरीले उक्त घटनालाई गम्भिरताका साथ लिएको बताएको छ। 

ट्वीटमा सार्वजनिक जानकारीमा लेखिएको छ, 'सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं।'


प्रतिक्रिया दिनुहोस्