३ दिनदेखि धार्चुलामा ४५० नेपाली अलपत्र, नेपाल प्रवेशको माग गर्दै नाराबाजी (भिडियोसहित)

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३८


काठमाडौँ । सीमा बन्द भएपछि ३ दिनदेखि भारतीय भूमि धार्चुलापारी ४५० बढी नेपाली अलपत्र परेका छन्। अलपत्र नेपालीले नेपाल प्रवेशको माग गर्दै नाराबाजी गरिरहेका छन्। 

भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धार्चुलामै रोकिएका हुन् । भारतीय भूमिमा अलपत्र परेका नेपालीले महाकाली पुलपारि नाराबाजी गरिरहेका छन्। अलपत्र नेपाली दार्चुलाका अलावा बैतडी, बझाङलगायतका रहेको बताइएको छ। भारत र नेपाल दुबै तिर लकडाउन भएका कारण उनीहरु सीमा क्षेत्रमै फसकेका हुन्। 

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीले नेपाल प्रवेशको माग गर्दै नाराबाजी गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरसल बनेको छ। उक्त भिडियो सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ध्यानाकर्षण जनाउनुभएको छ। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले भारतको मिथौरागढलगायत क्षेत्रबाट लकडाउनपछि फर्किएका ४५० बढी नेपाली नेपालपारि धार्चुलामा रोकिएको स्वीकार गर्नुभएको छ। 


प्रतिक्रिया दिनुहोस्