काठमाडाैं । चीनको प्रभावित क्षेत्रमा जनजीवन अब सामान्य हुन थालेको छ । प्राप्त जानकारीका अनुसार कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित हुबेई प्रान्तमा विस्तारै विस्तारै लकडाउनको अन्त्य हुन लागेको छ ।
आइतबार हुबेई प्रान्तको येचङ शहरबाट पूर्वी चीनको फुजियान प्रान्तको राजधानी फूझोउका लागि एक विमानले ६४ यात्रीका साथ उडान भर्यो । चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी) का अनुसार हुेबईको प्रान्तिय राजधानी वुहानमा तियान्हे अन्तर्राष्ट्रिय हवाई अड्डा बाहेक प्रान्तका अन्य विमानस्थलले घरेलू नागरिक तथा कार्गो उडान सुरु गरेका छन् ।
येचङको थ्री गर्जेज विमानस्थलका महाप्रबन्धक जू जुओकियाङका अनुसार उडान फेरी सुरु गर्नु पहिले विमानस्थललाई स्यानिटाइज गरिएको थियो । कर्मचारीलाई पनि प्रशिक्षण दिइएको थियो ।
प्रस्थान र आगमन हलमा मानिसलाई थर्मल स्क्यानिङका लागि थर्मल इमेजिङ उपकरण राखिएको उनले बताए । सीएसीको केन्द्रीय तथा दक्षिणी क्षेत्रीय सहायकका अनुसार आइतबार हुबेई प्रान्तको हवाई अड्डाबाट कुल ९८ उडान प्रस्थान गर्नेछन् ।