एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले कोरोना विरुद्ध लड्नका लागि कोरोना कोषमा २५ करोड सहयोग गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत अभिनेता अक्षयले आफ्नो तर्फबाट २५ करोड दान दिने उल्लेख थिए।
कोरोना संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको पीएम केयर्स फंडलाई अक्षयले उक्त रकम सहयोग गरेका हुन्। प्रधानमन्त्री मोदीले कोरोना महामारीको चपेटामा परेकाहरूलाई सहयोग गर्ने उदेश्यले उक्त कोष स्थापना गरेका हुन। कोष स्थापना पछि मोदीले सक्दो सहयोग गर्न सार्वजनिक अपील गरेका थिए।
२५ करोड सहयोग गरेपछि अक्षयले आफ्नो प्रतिक्रिया पनि सार्वजनिक गरेका छन्। उनले आफ्नो देशलाई भारत आमा भन्ने भन्दै उक्त सहयोग भारत आमाका लागि गरेको बताएका छन्।