काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा अहिलेसम्म ३३ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ भने ७ लाख २१ हजार ९०२ जना संक्रमित भएका छन्।
स्पेनमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा बढी रहेको छ। स्पेनमा कोरोना भाइरसबाट आइतबार मात्रै ८ सय २१ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन्। स्पेनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ८०३ पुगेको छ भने ८० हजार ११० जना संक्रमित रहेका छन्।
त्यस्तै इटालीमा आइतबार मात्रै कोरोनाबाट ७५६ जनाको मृत्यु भएको छ भने ५ हजार २ सय १७ नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ जना पुगेको छ भने ९७ हजार ६ सय ८९ जना संक्रमित रहेका छन्।
त्यस्तै कोरोनाको उद्गम स्थल चीनमा भने पछिल्लो २४ घण्टामा संक्रमित र ज्यान गुमाउनेको संख्या शून्य रहेको छ।
हेर्नुहोस् १९९ देशको तालिका