काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा अहिलेसम्म ३३ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ भने ७ लाख २१ हजार ९०२ जना संक्रमित भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा आइतबार मात्रै १८ हजार ४ सय २६ जना नयाँ संक्रमित थपिएका छन् भने २६४ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार ४ सय ८४ पुगेको छ भने १ लाख ४२ हजार ४ जना संक्रमित भएका छन्।
त्यस्तै इटालीमा आइतबार मात्रै कोरोनाबाट ७५६ जनाको मृत्यु भएको छ भने ५ हजार २ सय १७ नयाँ संक्रमित थपिएका छन्। यो सँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ जना पुगेको छ भने ९७ हजार ६ सय ८९ जना संक्रमित रहेका छन्।