बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ४२


काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।     

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा तोकेको छ।      

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ८९ पैसा छ।              

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६६ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्