चैत महिनाको पूर्ण तलब दिन निर्देशन

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : १७


काठमाडौं । सरकारले मजदुरहरुको चैत महिनाको तलब नरोक्न निर्देशन दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले असंगठित तथा संगिठत दुवै क्षेत्रका मजदुरहरुको चैत महिनाको तलब तथा ज्याला नरोकन्न व्यापारिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको हो।

रोजगारदाताहरुलाई चैत महिनाको पूर्ण तलब दिन भनिएको छ।

यो सँगै चैतमा काम गरेका तथा काम गर्दा गर्दै रोकिएका सबैले तलब पाउने भएका छन।


प्रतिक्रिया दिनुहोस्