काठमाडौं । सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण लगायतका कामहरु गर्नका लागि म्याद थप गर्ने निर्णय सरकारले गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी बैशाख मसान्तको समयसम्म कुनै विलम्ब शुल्क, जरिवाना बुझाउनु नपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभएको छ ।
संस्था नवीकरण पनि बैशाख मसान्तसम्म गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनी रजिष्टार कार्यालयमा विवरण बुझाउने अन्तिम म्याद पनि बैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।