कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि २५ लाखको बीमा

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ३९


काठमाडौं । कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि सरकारले २५ लाख रुपैयाँको बीमा गरिदिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्