निजी स्कुलहरुलाई एक महिनाको शुल्क छुट गर्न सरकारको निर्देशन

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : २९


काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिन निर्देशन दिएको हो ।

कोरोना भाइरसबाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताउनु भएको हो । आइतवारको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सुनाउँदै अर्थमन्त्री खतिवडाले उक्त निर्देशन दिनुभएको हो । यो निर्देशनअनुसार माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरुमा छुट दिनुपर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस्