चितवन । चितवनस्थित भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका ४ जनाको रिर्पोट सार्वजनिक भएको छ।
भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका चारै जनाको स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिनुभयो। शनिबार ४ जनाको नमूना परीक्षणका लागि चितवनबाट काठमाडौँ पठाइएको थियो।
उहाँका अनुसार आइतबार थप तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको छ । तीमध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् भने २ जना सेल्फ क्वारेन्टाइनमा छन्।
अस्पतालबाट अहिलेसम्म २७ जनाको स्वाब परीक्षणका लागि पठाइएको र तीमध्ये २४ जनाको नेगेटिभ आएको छ। अस्पतालबाट आइतबार २४ जनाले सेवा लिएका छन्। बार्डमा तीन जना भर्ना भएर बसेका छन्।