विश्व महामारीको रुप ल्याएको कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर हर प्रयास भइरहेको छ। यसै क्रममा छिमेकी देश भारतले पनि कोरोना भाइरस नियन्त्रणका लागि २१ दिन पूर्ण लक डाउनको घोषणा गरेको छ।
लकडाउनको घोषणाले मजदूरहरु निकै प्रभावित बनेको छन्। शहर बन्द भएपछि लकडाउनको उल्लङ्घन गर्दै मजदूरहरु आफ्नो घर फर्किन थालेका छन्। लकडाउन तोडेर मजदूर सडकमा निस्किएपछि भारतीय प्रधानमन्त्री मोदीले जनतामा पर्न गएको असर प्रति माफी पनि मागेका छन्।
यसैबीच देशभर देशभर पलायन भइरहेका लाखौँ मजदूरका सन्दर्भमा प्रियंका गान्धीले मानवीय आधारप्रति टेपलकम कम्पनीलाई पत्र लेखेकी छिन्। पत्रमा उनले भोक, प्यास र बिरामीसँग जुध्दैँ घर फर्किन चाहने मजदूरलाई सहयोग गर्न अपिल गरेकी छिन्। प्रियंका गांधी संकटको घडीमा आफ्ना देशवासीलाई सहयोग गर्नु राष्ट्रिय जिम्मवारी रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।