मजदुरहरु नियन्त्रण बाहिर गएपछि दिल्लीका मुख्यमन्त्रीले गरे राहतको घोषणा

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ००


नयाँ दिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गर्नुभएकोे छ।

सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उहाँले  बताउनुभयो।

राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ।

सामाजिक सन्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ “कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु। समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन ।” प्र

प्रधानमन्त्री नरेन्द्र मोदीले 'जो जहाँ छौं त्यही बस्न र कतै नजान आग्रह' गरेको पनि उहाँले स्मरण गराउनुभएको छ। 

प्रधानमन्त्री मोदीको आग्रहलाई दोहो¥याउँदै मुख्यमन्त्री केजरीवालले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन आह्वान गर्नु भएको छ। 

 

बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको छ। 

उहाँले भन्नुभएको छ, “तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ ।” 

कामदारहरु गाउँ नर्फकिउन् भन्ने सरकारको चाहना रहेको पनि मुख्यमन्त्री केजरीवालको भनाइ छ।

यो पनि

लकडाउनले मजदुरहरुको विचल्ली भएपछि मोदीले माफी मागे


प्रतिक्रिया दिनुहोस्